प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

कार्यालयको फोन नं. ०५६-५२७७५२

ईमेल: npco@nepalpolice.gov.np

अभिलेख व्यवस्थापन तालिम सम्पन्न
२०८१-०१-२५

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “अभिलेख व्यवस्थापन (सि.प्र.अ./जु.प्र.अ.) तालिम" सातौ समूहको मिति २०८१/०१/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी  निरीक्षक गणेश पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

  • प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न
    २०८१-०१-२३

     आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७४ औं समूह” मिति २०८१/०१/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बिष्णु मल्ल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक प्रविन घलान, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक  काशी नाथ चौधरी, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक तेज बहादुर कठायत तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक शिवजी दास हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएको थियो । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त आधारभूत तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    [ विस्तृतमा ]
  • व्यक्तिगत सुरक्षा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न
    २०८१-०१-०९

    आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री रामकृष्ण सापकोटाज्यूबाट "व्यक्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ.) तालिम तेस्रो समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।

    [ विस्तृतमा ]
  • प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रम सम्पन्न
    २०८१-०१-०९

    आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री सुर्य बहादुर थापाज्यूबाट "प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम दसौं समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।

    [ विस्तृतमा ]
कुनै परिणाम भेटिएन...
कुनै परिणाम भेटिएन...
नेपाल प्रहरी शिक्षालय
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम भाग-९७६
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८०-११-२१)
रेडियो कार्यक्रम (२०८०-११-१७)
रेडियो कार्यक्रम (२०८०-११-१४)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।