नेपाल प्रहरी शिक्षालयको स्वीकृत कार्य विवरण
(क) नेपाल प्रहरी र प्रदेश प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरुको दक्षता, क्षमता,सीप तथा ब्यक्तित्व विकास र अभिवृद्धि गर्न विभिन्न पेशागत तालिम कार्यक्रमहरु तयार गरी तालुक कार्यालयहरुको स्वीकृति लिएर सञ्चालन र व्यवस्थापन,
(ख) खुल्ला प्रतियोगिताद्वारा छनौट भएका प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय,वृत्ति विकास महाशाखा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्देशन अनुसार आधारभुत तालिम प्रदान,
(ग) खुल्ला प्रतियोगिताद्वारा छनौट भएका प्राविधिक प्रहरी अधिकृत तथा प्राविधिक प्रहरी जवानहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय,वृत्ति विकास महाशाखार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्देशन अनुसार आधारभुत तालिम प्रदान,
(घ) जुनियर प्रहरी अधिकृतहरुको लागि आवश्यकता अनुसार प्रहरी पेशा सँग सम्बन्धित अन्य उन्नत तालिमहरु समेत पहिचान गरी सञ्चालन,
(ङ) नेपाल प्रहरी प्रधान कार्यालय,वृत्ति विकास महाशाखार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्देशन अनुसार अन्य दर्जाका लागि पनि आधारभुत एवं उन्नत तालिमहरु सञ्चालन,
(च) शिक्षालयबाट सञ्चालन हुने तालिम कार्यक्रमहरुको समय समयमा मूल्याङ्कन गरी यसका प्रणालीहरुको आवश्यक परिमार्जन र सुधार,
(छ) राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा प्रचलित विभिन्न प्रशिक्षण विधिको पहिचान गरी त्यसको Best Practice लाई शिक्षालयमा क्रमशः प्रयोग,
(ज) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखाको समन्वयमा तालिमका पाठ्यक्रमहरु तयार गर्ने र परिमार्जन,
(झ) शिक्षालयमा सञ्चालन हुने विभिन्न तालिम कार्यक्रमहरुमा आवश्यकता अनुसार अतिथि प्रशिक्षकहरुको व्यवस्था र आमन्त्रण,
(ञ) आवश्यकता अनुसार तालिम कार्यक्रमका सहभागी प्रशिक्षार्थीहरुको मूल्याङ्कन गर्ने र प्रतिवेदन,
(ट) जुनियर प्रहरी अधिकृत एवं जवान पदको भर्ना छनौटको लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट निर्देशन भए बमोजिम कार्य,
(ठ) तालिमसँग सम्बन्धित प्राविधिक एवं अन्य सल्लाह सुझाबहरुको लागि विभिन्न सरोकारवाला निकायहरु सँग समन्वय,
(ड) तालिम सम्बन्धमा महत्वपूर्ण सुझाबहरु र भविष्यको कार्ययोजना समयमा नेपाल प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन,
(ढ) प्रभावकारी रुपमा तालिम कार्यक्रमहरु सञ्चालन गर्न तालुक कार्यालय,सरोकारवाला निकायहरुसँग सम्पर्क र समन्वय,
(ण) वार्षिक तालिम क्यालेण्डर तयार गर्ने र सो अनुसारको तालिम सञ्चालन,
(त) जुनियर प्रहरी अधिकृतहरुका क्षमता विकासका क्षेत्रहरु पहिचान र प्रशिक्षणलाई सोही अनुसार समयानुकूल परिमार्जन,
(थ) शिक्षालयको भौतिक पुर्वाधार विकासको पहलगर्ने र भावी योजना तर्जुमा र कार्यान्वयन ,
(द) शिक्षालयलाई स्रोत साधन र प्रविधियुक्त बनाई अन्तर्राष्ट्रिय स्तरको बनाउन निरन्तर पहल,
(ध) कानुन बमोजिम तोकिएका अन्य कार्य।