सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
कार्यालयको फोन नं. ०५६-५२७७५२
ईमेल: npco@nepalpolice.gov.np
-
पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८१-०६-२२६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८१ असोज २२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साथै, उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूले यस शिक्षालयले पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरी बहालबाला कर्मचारीहरू र पूर्व प्रहरी कर्मचारीहरू बीचमा पुनर्मिलन हुने अपेक्षा समेत राख्नु भएको थियो । कार्यक्रमको अन्तमा यस शिक्षालयका निर्देशकज्यूबाट कार्यक्रममा उपस्थित भएको प्रति सम्पूर्ण उपस्थित पूर्व प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापनको साथै बडा दशैँ, २०८१ को पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
[ विस्तृतमा ] -
अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्न
२०८१-०६-२१आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०५/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज.देखि प्र.व.ह.) तालिम सातौँ समूहको मिति २०८१/०६/२१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
[ विस्तृतमा ] -
६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न
२०८१-०६-२१६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनद्वारा आयोजित विविध खेलकुद तथा अतिरिक्त गतिविधि अन्तर्गत फुटबल खेलको फाईनल मिति २०८१ असोज २१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०६-०६ | लिलाम बिक्रि सम्बन्धी सिलबन्धी दरभाउपत्र आव्हानको सूचना | |
२०८१-०२-०३ | लिलाम बिक्रि सम्बन्धी सिलबन्धी दरभाउपत्र आव्हानको सूचना |
हाईलाईटहरु
- साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न
- पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
- अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्न
- ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न
- ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा भलिबल प्रतियोगिता सम्पन्न
- निर्देशक प्र.ना.म.नि. राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा घटस्थापना पुजा सम्पन्न
- ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा फुटबल प्रतियोगिता संचालन