प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
उद्देश्य

 

प्रहरी संगठनमा नव प्रवेशी जुनियर प्रहरी अधिकृतलाई आधारभूत तथा मुलुकका विभिन्न भागमा कार्यरत जुनियर तहका प्रहरी अधिकृतलाई उन्नत तालिम सञ्चालन गर्ने एक मात्र जुनियर प्रहरी अधिकृत शिक्षालयको रुपमा स्थापित यस शिक्षालयले आफूलाई प्रशिक्षणको लागि उपयुक्त वातावरण, मानव संसाधन तथा भौतिक स्रोत लगायतका पक्षमा नमुना केन्द्रको रूपमा स्थापित गराउन क्रियाशिल छ । यस शिक्षालयले सिक्ने, सिकाउने र सिक्न सहयोग तथा अवसर दिने (Learn, Help learn, Let learn), आपसी सम्मान गर्ने (Mutual Respect) तथा कामले बोल्ने (Speak Action) मूल्य मान्यतालाई आत्मसात गरेको छ। यस शिक्षालयका मुख्य उद्देश्यहरू निम्न छन् :- 

  • नेपाल प्रहरीमा नव प्रवेशी जुनियर प्रहरी अधिकृत (प्र.स.नि.) हरुका लागि आधारभुत तालिम सञ्चालन गर्ने,
  • नेपाल प्रहरीमा कार्यरत जुनियर तहका प्रहरी अधिकृतहरुका क्षमता विकासका क्षेत्रहरुको पहिचान गरी आवश्यकतानुसार उन्नत तालिमको सञ्चालन गर्ने,
  • प्रशिक्षण कार्यसंग सम्बन्धीत राय/सुझाव संकलन गरी तालुक कार्यालयमा जाहेर गर्ने,
  • यस शिक्षालयको तत्वाब्धानमा देशका विभिन्न प्रहरी तालिम केन्द्रहरुमा सञ्चालन हुने जुनियर प्रहरी अधिकृत उन्नत तालिमको अनुगमन गर्ने ।