प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फेरी भेटौला कार्यक्रम सम्पन्न

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share

नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/०९/२४ गतेको निर्णय बमोजिम तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालयमा कार्यालय प्रमुखको रूपमा रहनु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको काठमाण्डौ उपत्यका कार्यालय रानीपोखरी, काठमाण्डौ सरुवा हुनु भएकोमा आज मिति २०८०/१०/०३ गते फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक निशान थापाज्यूले रवाना पत्र, मायाको चिनो, खादा अविर र पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयको निर्देशकको रूपमा रहँदा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै नेपाल प्रहरी शिक्षालयका कर्मचारीहरूको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । विदाई भई नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा प्रशिक्षण क्रियाकलापलाई प्रशिक्षण मैत्री बनाई प्रशिक्षणलाई प्रभावकारी बनाउन भूमिका खेल्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।