प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्तरक्रिया तथा तालिम समापन

२०८२-११-०४

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८२।१०।११ गते देखि यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा सञ्चालन भएको "व्यक्तिगत सुरक्षा (प्र.ज.देखि प्र.व.ह.) तालिम पाचौं" समूहको आज मिति २०८२/११/०४ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूबाट अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न गरीएको छ ।

सम्बन्धित समाचार
बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०१-३१

आज मिति २०८३/०१/३१ गते  यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अनिवार्य सेवा निवृत भई जान लाग्नुभएका प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू लगायत उहाँको स-परिवार समेतलाई शिक्षालयमा आमन्त्रण गरी निमित्त समादेशकज्यूले प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुहुँदै सेवा निवृत पश्चातको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो, फुलमाला प्रदान गर्नुका साथै नेपाल प्रहरी संगीत समूहद्वारा बाजागाजा सहित शिक्षालयदेखी घरसम्मै पुर्याई स-सम्मान  सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको थियोे ।