प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रशिक्षक आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीको विभिन्‍न तालिम प्रदायक निकायहरूबाट सञ्‍चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्‍चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८०/१०/१८ र १९ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालयमा सञ्‍चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म) तालिम” छैठौँ समूहमा तालिम प्राप्त २९ जना र यस नेपाल प्रहरी शिक्षालयका ७ जना गरी जम्मा ३६ बाह्य प्रशिक्षकहरूलाई मिति २०८०/१०/१९ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म ब्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि निर्देशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदैँ प्रशिक्षक आफु Role Model बन्‍नुपर्ने हुनाले आफुलाई अध्ययनशिल बनाउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।