प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत/तालिमरत प्राविधिक प्रहरी हवल्दारबाट प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्ठ हवल्दार देव बहादुर मोक्तान र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनुभएका बखत भण्डारीलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८०/१२/१९ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।