प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

२०८१-०२-२५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्सालको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यरत  प्रहरी वरिष्ठ हवल्दारबाट  प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडि मगर र प्रहरी  हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनुभएका जिवन प्रसाद महतोलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८१/०२/२५ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।