प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

२०८१-०२-२५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्सालको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यरत  प्रहरी वरिष्ठ हवल्दारबाट  प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडि मगर र प्रहरी  हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनुभएका जिवन प्रसाद महतोलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८१/०२/२५ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०५-२०

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०५/१७ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई कार्यरत रहनु भएका प्रहरी निरीक्षक गणेश पौडेलको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड, झापा सरुवा भएको हुँदा मिति २०८१/०५/२० गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेलले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तथा निमित्त निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेललाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

आधारभुत प्रहरी कारवाही विधि प्रशिक्षक प्रशिक्षण तालिम समापन
२०८१-०५-१७

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०५/११ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “आधारभुत प्रहरी कारवाही विधि प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ. देखि प्र.ज.) तालिम सातौं समूह”को मिति २०८१/०५/१७ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।