प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फेरी भेटौँला कार्यक्रम सम्पन्न

२०८१-०५-२०

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०५/१७ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई कार्यरत रहनु भएका प्रहरी निरीक्षक गणेश पौडेलको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड, झापा सरुवा भएको हुँदा मिति २०८१/०५/२० गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेलले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तथा निमित्त निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेललाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्‍न
२०८१-१२-१४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/११ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.व.ह./प्र.ज.) तालिम” नवौं समूहको मिति २०८१/१२/१४ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

प्रहरी आधारभूत तथा कारवाही विधि प्रशिक्षक तालिम सम्पन्न
२०८१-११-११

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित "प्रहरी आधारभूत तथा कारवाही विधि प्रशिक्षक (प्र.ज.देखि जु.प्र.अ) तालिम" ८औं समूहको मिति २०८१/११/११ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मनिषा लौडारीज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-११-०९

आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०९/०७ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७६ औं समूह” को मिति २०८१/११/०९ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बाल किशोर राय यादव, कवाज प्रथम प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडी मगर, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक दिनेस खड्का, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक लोक बहादुर खत्री तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक राजगीर राम हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त जिम्मेवारी बहन गर्न सक्ने बनाउन सञ्चालन गरिने अल्पकालीन आधारभूत तालिमले प्रशिक्षणका क्रममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सी.ज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।