प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिदाइ कार्यक्रम सम्पन्न

२०८१-०५-२४

  • A
  • A-
  • A+
Share

मिति २०५१/०५/१६ गते नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा नयाँ नियुक्ती भई विभिन्न समयमा पदोन्नती हुँदै प्रहरी नायव उपरीक्षक पदबाट इमान्दार र कर्तव्यपरायण राष्ट्रसेवकको रूपमा कार्यरत रही ३० वर्ष सेवा अवधि पुरा गरि अनिवार्य अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक श्री रामकृष्ण सापकोटाज्यूको मिति २०८१/०५/२४ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनु भएका प्रहरी नायव उपरीक्षक श्री रामकृष्ण सापकोटाज्यूले सेवामा रहँदाका आफ्ना अनुभवहरू साट्नु भएको थियो भने प्रमुख अतिथी निर्देशकज्यूले सेवामा रहदा पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्नु हुँदै बाँकी व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।