अप्रेशनल कमाण्ड तथा व्यवस्थापन तालिम सम्पन्न
२०८१-०६-१३
- A
- A-
- A+
आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०५/१६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM LEVEl-1) जु.प्र.अ. तालिम २० औँ समूह” को मिति २०८१/०६/१३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।