प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९ औं प्रहरी दिवस, २०८१ सम्पन्न

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

मिति २०८१ असोज ३० गतेका दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा आयोजना गरिएको ६९ औं प्रहरी दिवस, २०८१ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा यस शिक्षालयका उप- निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको सन्देश वाचन गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुभएको  थियो भने पूर्व प्रहरी संगठन, चितवनका अध्यक्ष बल बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूले ६९ औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद (भलिबल, फुटबल, ब्याडमिन्टन) प्रतियोगितामा विजेता हुन सफल खेलाडीहरू तथा यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीका सकल दर्जाका उर्जाशील प्रहरी अधिकृत तथा जवानहरू, सेवानिवृत्त प्रहरी कर्मचारीहरू, प्रहरी परिवार तथा अमर प्रहरीका समादरणीय परिवारजनमा "६९ औँ प्रहरी दिवस-२०८१" को अवसरमा व्यावसायिक सफलता, व्यक्तिगत तथा पारिवारिक सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै राष्ट्र र नागरिकको सुरक्षाको खातिर आफ्नो प्राणको उत्सर्ग गर्ने नेपाल आमाका वीर सपूतहरूको कर्तव्य परायणता, त्याग र बलिदानले हामीलाई निर्भिक एवम् अविचलित भई निरन्तर जनताको सेवामा तल्लिन रहन अभिप्रेरित गरिरहेको हुनाले हामीले सोही अनुसार कार्य गरी अमर प्रहरीहरूले देखाउनु भएको बाटोमा अडिग भएर लाग्न निर्देशन गर्नुभएको थियो । कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवम् मानसिक क्षती व्यहोर्न पुग्नुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भई वीर अमर प्रहरीहरू प्रति भावपुर्ण श्रद्धान्जली अर्पण र आफ्ना प्रियजन गुमाएर क्षती व्यहोर्नु हुने परिवारका सदस्यहरूमा हार्दिक समवेदना प्रकट गर्नु भएको थियो ।
उक्त कार्यक्रममा चितवन भू.पू. सैनिक कल्याणकारी क्लब, चितवनका अध्यक्ष प्रेम बहादुर खड्काज्यू, पूर्व प्रहरी संगठन कार्य समिति, चितवनका अध्यक्ष अवकाश प्राप्त प्रहरी नायव निरीक्षक बल बहादुर थापा तथा यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू र प्रहरी कार्यालय सहयोगीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ समूहको तालिम सम्पन्न
२०८२-०१-१७

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ  समूहको आज मिति २०८२/०१/१७ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर वि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा
२०८२-०१-०७

मिति २०८२/०१/०७ गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रमुख अतिथि समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबलका साथ प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक प्रहरी जवान निर्मला थिङलाई चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा गर्नुको साथै प्रशंसा-पत्र प्रदान गर्नुभएको छ । उक्त आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नुहुने अन्य प्रशिक्षकहरूलाई आ-आफ्नो क्षेत्रमा दत्त चित्त भई लाग्नुहुन समेत निर्देशन दिनु भएको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्न
२०८२-०१-०२

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम” पाँचौ समूहको मिति २०८२/०१/०२ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्‍न
२०८१-१२-२६

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ११ औं समूहको मिति २०८१/१२/२६ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-१२-२१

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह) तालिम” तेस्रो समूहको मिति २०८१/१२/२१ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

सुरक्षा तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२०

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “सुरक्षा (प्र.ज. देखि प्र.व.ह) तालिम” नवौं समूहको मिति २०८१/१२/२० गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।