प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९ औं प्रहरी दिवस, २०८१ सम्पन्न

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

मिति २०८१ असोज ३० गतेका दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा आयोजना गरिएको ६९ औं प्रहरी दिवस, २०८१ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा यस शिक्षालयका उप- निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको सन्देश वाचन गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुभएको  थियो भने पूर्व प्रहरी संगठन, चितवनका अध्यक्ष बल बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूले ६९ औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद (भलिबल, फुटबल, ब्याडमिन्टन) प्रतियोगितामा विजेता हुन सफल खेलाडीहरू तथा यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीका सकल दर्जाका उर्जाशील प्रहरी अधिकृत तथा जवानहरू, सेवानिवृत्त प्रहरी कर्मचारीहरू, प्रहरी परिवार तथा अमर प्रहरीका समादरणीय परिवारजनमा "६९ औँ प्रहरी दिवस-२०८१" को अवसरमा व्यावसायिक सफलता, व्यक्तिगत तथा पारिवारिक सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै राष्ट्र र नागरिकको सुरक्षाको खातिर आफ्नो प्राणको उत्सर्ग गर्ने नेपाल आमाका वीर सपूतहरूको कर्तव्य परायणता, त्याग र बलिदानले हामीलाई निर्भिक एवम् अविचलित भई निरन्तर जनताको सेवामा तल्लिन रहन अभिप्रेरित गरिरहेको हुनाले हामीले सोही अनुसार कार्य गरी अमर प्रहरीहरूले देखाउनु भएको बाटोमा अडिग भएर लाग्न निर्देशन गर्नुभएको थियो । कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवम् मानसिक क्षती व्यहोर्न पुग्नुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भई वीर अमर प्रहरीहरू प्रति भावपुर्ण श्रद्धान्जली अर्पण र आफ्ना प्रियजन गुमाएर क्षती व्यहोर्नु हुने परिवारका सदस्यहरूमा हार्दिक समवेदना प्रकट गर्नु भएको थियो ।
उक्त कार्यक्रममा चितवन भू.पू. सैनिक कल्याणकारी क्लब, चितवनका अध्यक्ष प्रेम बहादुर खड्काज्यू, पूर्व प्रहरी संगठन कार्य समिति, चितवनका अध्यक्ष अवकाश प्राप्त प्रहरी नायव निरीक्षक बल बहादुर थापा तथा यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू र प्रहरी कार्यालय सहयोगीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।