प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रम सम्पन्‍न

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

मिति २०८१ कार्तिक ८ गतेका दिन संगठन प्रमुख श्रद्देय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रहरी शिक्षालय, भरतपुर र The Cosmic Nirwan Sewa Pvt.Ltd., भरतपुर बिच मिति २०७९/११/०३ गते भएको सम्झौता अनुसार नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण सम्पन्न भएको भवनको प्रमुख अतिथिबाट पानसमा दिप प्रज्वलन एवं शिलालेख अनावरण गरि समुद्घाटन भएको हो ।
उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धि  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नव-निर्मित प्रशासनिक भवनले भविष्यमा नेपाल प्रहरीबाट प्रवाह हुने सेवा सुविधालाई अझ बढी प्रभावकारी रूपमा प्रदान गरि नेपाल प्रहरीमा हुने भर्ना, छनौट, वृत्तीविकास, उपदान, निवृतीभरण, तालिम संचालन तथा कार्यालय संचालनसँग सम्बन्धित विविध कृयाकलापहरूको अभिलेख प्रणालीलाई थप व्यवस्थित तथा समयानुकुल बनाउनमा टेवा पुर्‍याउने बताउनु भयो ।

कार्यक्रममा नव-निर्मित प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने द कस्मिक निर्माण सेवा प्रा.लि.का संचालक होमनाथ दवाडी लगायतलाई प्रशंसापत्र प्रदान गर्दै संगठन प्रमुखज्यूले आफ्नो प्रशिक्षण पद्धतिलाई समायनुकुल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतीलाई दृष्टिगत गरी चुनौतीको सामना गर्न सक्ने प्रहरी जनशक्ति निर्माण गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले समाजमा शान्ति सु-व्यवस्था कायम गरी आम नागरिकलाई ढुक्कसँग बस्‍ने वातावरण तयार गर्ने प्रहरी आफै दयनीय अवस्थामा रहँदा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा समग्र सेवा प्रवाहमा प्रभावकारीता नआउने हुँदा भौतिक संरचनामा समेत सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकाल, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयका प्रमुख सशस्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालयका प्रमुख, अवकाश प्राप्त पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, जिल्ला स्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, प्रहरी कार्यालय सहयोगीहरू र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ समूहको तालिम सम्पन्न
२०८२-०१-१७

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ  समूहको आज मिति २०८२/०१/१७ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर वि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा
२०८२-०१-०७

मिति २०८२/०१/०७ गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रमुख अतिथि समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबलका साथ प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक प्रहरी जवान निर्मला थिङलाई चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा गर्नुको साथै प्रशंसा-पत्र प्रदान गर्नुभएको छ । उक्त आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नुहुने अन्य प्रशिक्षकहरूलाई आ-आफ्नो क्षेत्रमा दत्त चित्त भई लाग्नुहुन समेत निर्देशन दिनु भएको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्न
२०८२-०१-०२

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम” पाँचौ समूहको मिति २०८२/०१/०२ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्‍न
२०८१-१२-२६

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ११ औं समूहको मिति २०८१/१२/२६ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-१२-२१

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह) तालिम” तेस्रो समूहको मिति २०८१/१२/२१ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

सुरक्षा तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२०

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “सुरक्षा (प्र.ज. देखि प्र.व.ह) तालिम” नवौं समूहको मिति २०८१/१२/२० गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।