दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
२०८१-०८-१६
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको च.न. २८५२ मिति २०८१/०८/१४ गतेको पत्रले प्रहरी सहायक निरीक्षकबाट जनपद तर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवा/पदोन्नती हुनु भएका यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक लक्ष्मण काफ्ले र प्रहरी नायव निरीक्षक मुना गलामी मगरलाई मिति २०८१/०८/१६ गते यस शिक्षालयका निमित्त निर्देशक श्री प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूबाट दर्ज्यानी चिन्हद्धारा सु-शोभन तथा शुभकामना लगायत अमुल्य निर्देशन दिनुभएको थियो ।