प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

२०८१-०८-२३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौको च.न. ३००५ मिति २०८१/०८/२१ गतेको पत्रले प्रहरी वरिष्ठ हवल्दार पदबाट जनपद तर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा/पदोन्नती हुनु भएका यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक आइते दमाईलाई मिति २०८१/०८/२३ गते यस शिक्षालयका निमित्त निर्देशक श्री प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूबाट दर्ज्यानी चिन्हद्धारा सु-शोभन तथा शुभकामना लगायत अमुल्य निर्देशन दिनुभएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।