दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
२०८१-०८-२३
- A
- A-
- A+

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाण्डौको च.न. ३००५ मिति २०८१/०८/२१ गतेको पत्रले प्रहरी वरिष्ठ हवल्दार पदबाट जनपद तर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा/पदोन्नती हुनु भएका यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक आइते दमाईलाई मिति २०८१/०८/२३ गते यस शिक्षालयका निमित्त निर्देशक श्री प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूबाट दर्ज्यानी चिन्हद्धारा सु-शोभन तथा शुभकामना लगायत अमुल्य निर्देशन दिनुभएको थियो ।