विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्न
२०८१-०९-०१
- A
- A-
- A+

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०७/२५ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम" दशौं समूहको मिति २०८१/०९/०१ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सी.ज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरु तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।