प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न

२०८१-१०-०८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरूबाट सञ्चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष, वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८१/१०/०७ र ०८ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा सञ्चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ज. देखि प्र.व.ह.) तालिम” सातौं समूहमा तालिम प्राप्त २५ जना र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपराशीबाट २ जना गरी जम्मा २७ बाह्य प्रशिक्षकहरूलाई मिति २०८१/१०/०८ गते यस शिक्षालयका समादेशक भूपेन्द्र बहादुर खत्रीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म व्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि समादेशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदै प्रशिक्षकहरू Role Model बन्नुपर्ने हुनाले आफुलाई अध्ययनशिल बनाउनु पर्ने कुरालाई जोड दिनु भएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।