शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
२०८१-१०-१०
- A
- A-
- A+

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०८/०२ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण (प्र.ज.देखि जु.प्र.अ.) तालिम” तेश्रो समूहको मिति २०८१/१०/१० गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक नवराज खड्काज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।