प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न

२०८१-१०-१३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरूबाट सञ्चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष, वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८१/१०/११ र १३ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा सञ्चालित “शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण (प्र.ज. देखि जु.प्र.अ.) तालिम” तेश्रो समूहमा तालिम प्राप्त २२ जना र नेपाल प्रहरी शिक्षालयका २ जना गरी जम्मा २४ जना बाह्य प्रशिक्षकहरूलाई मिति २०८१/१०/१३ गते यस शिक्षालयका समादेशक भूपेन्द्र बहादुर खत्रीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म व्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि समादेशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदै प्रशिक्षक आफु Role Model बन्नुपर्ने हुनाले आफुलाई अध्यनशिल बनाउनु पर्ने कुरालाई जोड दिनुभएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।