प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०९/०७ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७६ औं समूह” को मिति २०८१/११/०९ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बाल किशोर राय यादव, कवाज प्रथम प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडी मगर, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक दिनेस खड्का, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक लोक बहादुर खत्री तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक राजगीर राम हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त जिम्मेवारी बहन गर्न सक्ने बनाउन सञ्चालन गरिने अल्पकालीन आधारभूत तालिमले प्रशिक्षणका क्रममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सी.ज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।