अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-११-११
- A
- A-
- A+

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०९/२८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “अपराध अनुसन्धान (जु.प्र.अ.) तालिम” ५३औं समूको मिति २०८१/११/११ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सी.ज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।