भीड नियन्त्रण तालिम सम्पन्न
२०८२-१०-१४
- A
- A-
- A+
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८२/०९/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित "भीड नियन्त्रण (प्र.ज. देखि जु.प्र.अ.) तालिम" २४ औँ समूहको मिति २०८२/१०/१४ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।