प्रहरी कार्यालय
आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८३।०२।०१ गतेको पत्र आदेश अनुसार नेपाल प्रहरी शिक्षालय,भरतपुरबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यालय प्रमुखको रुपमा सरुवा भएका प्रहरी उपरीक्षक रजिंत सिंह राठौरज्यूलाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
आज मिति २०८३/०१/३१ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अनिवार्य सेवा निवृत भई जान लाग्नुभएका प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू लगायत उहाँको स-परिवार समेतलाई शिक्षालयमा आमन्त्रण गरी निमित्त समादेशकज्यूले प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुहुँदै सेवा निवृत पश्चातको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो, फुलमाला प्रदान गर्नुका साथै नेपाल प्रहरी संगीत समूहद्वारा बाजागाजा सहित शिक्षालयदेखी घरसम्मै पुर्याई स-सम्मान सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको थियोे ।
प्रहरी कर्मचारी उत्प्रेरणा अभिवृद्धि कार्यक्रम "Experience Exchange Program" अन्तर्गत कास्की जिल्लाको पोखरा स्थित रहेका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरु लगायत प्रहरी कार्यालयहरु समेत अवलोकन भ्रमणको लागि यस शिक्षालयमा कार्यरत पाँच जना प्रहरी कर्मचारीहरूलाई निमित्त समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यूले शुभकामना दिँदै बिदाई गर्नु भएको थियो ।
यस नेपाल प्रहरी शिक्षालय, भरतपुरमा विशेष योगदान पुर्याउनु भएका अवकाश प्राप्त प्रहरी अधिकृतहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा पूर्व प्रहरी अधिकृतहरूले आफ्नो सेवा अवधीका अनुभवहरू साटासाट गर्नुका साथै यस शिक्षालयको सुदृढीकरणका लागि अमूल्य राय सुझावहरू प्रदान गर्नुभयो ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट यस नेपाल प्रहरी शिक्षालय, भरतपुर तथा बागमती प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय र अन्तर्गतका विभिन्न प्रहरी युनिटका कार्यालय प्रमुख र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।