प्रहरी कार्यालय
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री रामकृष्ण सापकोटाज्यूबाट "व्यक्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ.) तालिम तेस्रो समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री सुर्य बहादुर थापाज्यूबाट "प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम दसौं समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।
२०८० सालको चैते दशैको शुभअवसरमा परम्परागत रूपमा मनाउँदै आएको मौलो पुजा मिति २०८१/०१/०४ गते बिहान ०७:२१ बजेको शुभ साईतमा नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूबाट बिधिवत रूपमा पुजा गरी सम्पन्न भएको छ । शिक्षालयको हाताभित्र रहेको दुर्गा मन्दिरमा भएको मौलो पुजामा प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृत लगायत प्रशिक्षकवर्ग, सेवाकालीन तथा प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालीन) तालिममा प्रशिक्षणरत प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०४ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी निरीक्षक तथा तालिम संयोजक श्री गणेश पौडेलज्यूबाट "अभिलेख व्यवस्थापन (जु.प्र.अ.) तालिम सातौं समूह” को उद्घाटन कार्यक्रम सम्पन्न गर्नु भएको छ । तालिममा ३० जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “भीड नियन्त्रण (प्र.ज.देखि जु.प्र.अ.सम्म) तालिम" २० औँ समूहको मिति २०८०/१२/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “घरेलु हिंसा उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास (प्र.ज.देखि जु.प्र.अ.सम्म) तालिम" दोस्रो समूहको मिति २०८०/१२/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत/तालिमरत प्राविधिक प्रहरी हवल्दारबाट प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्ठ हवल्दार देव बहादुर मोक्तान र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनुभएका बखत भण्डारीलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८०/१२/१९ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।
नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा सञ्चालन भईरहेको विभिन्न तालिम गतिविधिको निरीक्षण तथा अनुगमन गर्नका लागि पाल्नुभएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू मिति २०८०/११/२३ गते यस शिक्षालयमा रात्री मुकाम भई मिति २०८०/११/२४ गते सलामी ग्रहण पश्चात् शिक्षालयका प्रहरी कर्मचारीका साथै आधारभूत तथा सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । निर्देशन सम्बोधनका क्रममा एउटा कोरा मान्छेलाई दक्ष प्रहरी बनाउन शिक्षालयमा कार्यरत गुरुबा, प्रशिक्षकहरूले दिएको प्रशिक्षणको सरहना गर्दै सिमित श्रोत साधन र बिनियोजित सिमित बजेटका वावजुद पनि अधिकतम व्यवस्थापन र प्रभावकारी परिचालन गरि शिक्षालयको साख कायम राखेकोमा शिक्षालयका निर्देशक सहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । प्रशिक्षकको प्रभावकारी व्यवस्थापन गर्दै संगठनले सोचे अनुरुपको दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न विशिष्टीकृत कार्यमा शिक्षालय पूर्ण रूपमा सफल हुनुपर्ने र यस शिक्षालयले संगठनको जनशक्ति व्यवस्थापनमा उच्च योगदान रहेको बताउनुभयो । तालिम प्रदायक संस्थाको सेवाग्राही भनेकै प्रशिक्षार्थी भएकोले कर्मकाण्डी प्रशिक्षण मात्र नभई व्यवसायिक, आधुनिक, वैज्ञानिक र अनुशासित तवरको जनताले चाहने प्रहरी उत्पादन तथा Proactive र Reactive Policing मात्र नभई Environmental Policing को विकास भैसकेको परिपेक्ष्यमा यसको योजना समेत सुरू गर्नुपर्ने समय आएको बताउनु भयो । सानातिना कमिकमजोरी समेत हुन नदिई प्रशिक्षार्थीहरूलाई अधिकतम सुविधा प्रदान गरी सकारात्मक धारणा राख्ने जनशक्ति उत्पादन गर्ने तर्फ लाग्न निर्देशन दिदै प्रहरी कर्मचारीले आफुले कुन तालिम कहिले गर्ने योजना गरी व्यवस्थापन समेत गरोस भन्ने हेतुले Trainees Calendar निर्माण गरिएको, सरुवा/बढुवा अनुमान योग्य बनाई सबैलाई समान अवसर वितरण गर्नका लागि सरुवा मापदण्ड समेत निर्माण भएको बताउनु भयो । प्रशिक्षार्थीहरूलाई तालिमका लागि सम्पूर्ण सामाग्री राज्यले नै दिनुपर्ने सम्बन्धी Proposal समेत तयार गरी तालुक कार्यालयहरूमा प्रतिवेदन गरिएको जानकारी गराउनु हुँदै निरीक्षण सम्बोधनको क्रममा शिक्षालयको भौतिक तथा अन्य संरचना सुधार तथा व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता समेत जनाउनु भएको थियो । निरीक्षणको क्रममा विभिन्न शाखा, ब्यारेक, मेस, बाह्य तथा आन्तरिक प्रशिक्षण गतिविधिहरू लगायत विविध पक्षहरूको स्थलगत अवलोकन गरि शिक्षालयको हाता भित्र वृक्षारोपण समेत गर्नुभएको थियो । सोही अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमुख अतिथिज्यूमा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिज्यूबाट प्राप्त निर्देशन तथा सुझावहरूलाई अक्षरस पालना गरि शिक्षालयमा कार्यरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको मनोवल उच्च बनाउन दत्तचित्त भई कार्य गर्ने र वर्तमान अवस्थामा समाजले रुचाउने व्यावसायिक, दक्ष र क्षमतावान प्रहरी जनशक्ति उत्पादन तर्फ लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै शिक्षालयको वस्तुस्थिति, भौतिक पूर्वाधारमा गरिएका कार्यहरू तथा शिक्षालयका विभिन्न कार्यप्रगति विवरण लगायत विद्यमान अवस्थाको प्रशिक्षण गतिविधि सहितको प्रस्तुतीकरण समेत गरिएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१०/२१ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित २६ कार्यदिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण (प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म) तालिम” छैठौ समूहको मिति २०८०/११/२२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक एल्जीना राईज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री निशान थापाज्यूबाट “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७४ औं समूह” को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरूबाट सञ्चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८०/१०/१८ र १९ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालयमा सञ्चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म) तालिम” छैठौँ समूहमा तालिम प्राप्त २९ जना र यस नेपाल प्रहरी शिक्षालयका ७ जना गरी जम्मा ३६ बाह्य प्रशिक्षकहरूलाई मिति २०८०/१०/१९ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म ब्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि निर्देशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदैँ प्रशिक्षक आफु Role Model बन्नुपर्ने हुनाले आफुलाई अध्ययनशिल बनाउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको पत्रादेशले प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्ठ हवल्दारहरूलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८०।१०।०५ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न निर्देशन दिनु भएको छ ।
आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०।०९।०२ गतेदेखि यस नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम तेस्रो समूह” को मिति २०८०।१०।०५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक गौतम थापाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, काठमाण्डौ दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज खटिनु भएका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यू मिति २०८०/१०/०३ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा हाजिर हुनु भई निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात निर्देशकज्यूले विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट गुणस्तरीय सामान उत्पादन गर्न सर्वप्रथम उत्पादन केन्द्र नै गुणस्तरयुक्त हुनुपर्ने विषयलाई मध्यनजर गर्दै दक्ष एवं व्यवसायिक जनशक्ति उत्पादन गर्न गुणस्तरीय प्रशिक्षण केन्द्र तथा दक्ष र व्यवसायिक प्रशिक्षक हुनुपर्ने, जसबाट गौरवमय ईतिहास बोकेको नेपाल प्रहरी संगठनको उद्देश्य एवं लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुँदै कार्यरत प्रहरी कर्मचारीहरूलाई समय सापेक्ष परिवर्तन भई आफुलाई रोल मोडलका रूपमा विकास गरि उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो । Chain of Command नेपाल प्रहरीको गहना रहेको र कार्यरत कर्मचारीहरूलाई सोही अनुसार कार्य गर्न र सबैको आ-आफ्नो अस्तित्व हुने कारण बानी व्यवहारमा सुधार गरि संगठनमा हुने दर्जागत दुर्व्यवहारको अन्त्य गर्न निर्देशन दिनुका साथै Positive Vibes को विकास गरि सकारात्मक सोचका साथ अघि बढ्दा सकारात्मक उर्जा प्राप्त हुने हुँदा नकारात्मक सोच एवं बानी व्यहोरालाई त्यागी व्यक्तिगत तथा व्यवसायिक जीवनमा लागू गर्न प्रेरित गर्दै अमर प्रहरीहरूको योगदानको समेत स्मरण गर्नु भएको थियो । साथै प्रहरी नायव उपरिक्षक निशान थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण भएको थियो ।
नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/०९/२४ गतेको निर्णय बमोजिम तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालयमा कार्यालय प्रमुखको रूपमा रहनु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको काठमाण्डौ उपत्यका कार्यालय रानीपोखरी, काठमाण्डौ सरुवा हुनु भएकोमा आज मिति २०८०/१०/०३ गते फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक निशान थापाज्यूले रवाना पत्र, मायाको चिनो, खादा अविर र पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयको निर्देशकको रूपमा रहँदा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै नेपाल प्रहरी शिक्षालयका कर्मचारीहरूको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । विदाई भई नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा प्रशिक्षण क्रियाकलापलाई प्रशिक्षण मैत्री बनाई प्रशिक्षणलाई प्रभावकारी बनाउन भूमिका खेल्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
आ.व. २०८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/०८/०५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “समुदाय-प्रहरी साझेदारी प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम” प्रथम समुहको मिति २०८०/०८/२२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरूको तर्फबाट प्राप्त गुनासोहरूलाई सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम सह-संयोजक प्रहरी निरीक्षक रेशमलाल पौडेलले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।