प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

व्यक्तिगत सुरक्षा तालिम सम्पन्‍न

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “व्यक्तिगत सुरक्षा (प्र.ज.देखि जु.प्र.अ.) तालिम तेस्रो समूह" को मिति २०८१/०१/३१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०२-२५

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्सालको विभिन्न मितिको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यरत  प्रहरी वरिष्ठ हवल्दारबाट  प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडि मगर र प्रहरी  हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनुभएका जिवन प्रसाद महतोलाई यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूले दर्ज्यानी चिन्हबाट मिति २०८१/०२/२५ गते सुशोभन गर्नु भई सुशोभित प्रहरी कर्मचारीहरूलाई बधाई तथा पदोन्नतीसँगै प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न समेत निर्देशन दिनु भएको थियो ।

हिरासत तथा कारागार सुरक्षा तालिम सम्पन्न
२०८१-०२-२५

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०२/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम एघारौँ समूह’’ को मिति २०८१/०२/२५ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निर्देशक प्रहरी नायव महानिरीक्षकज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन
२०८१-०२-२३

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्र आदेश अनुसार साईबर ब्यूरो भोटाहिटी, काठमाण्डौ  दरबन्दी भई नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१।०२।२३ गते हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यू नेपाल प्रहरी शिक्षालयको निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापन गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो । शिक्षालय सिक्ने र सिकाउने पवित्र थलो भएको हुदाँ हामी सम्पुर्ण प्रहरी कर्मचारीहरू समय सापेक्ष आफुलाई अपडेट गर्दै लैजानु पर्नेमा समेत जोड दिनुभयो ।  साथै सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो ।

फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०२-०१

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०१/२६ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई यसै कार्यालयमा कार्यरत रहनु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूको क्रमशः इलाका प्रहरी कार्यालय, चक्रघट्टी महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीमा सरुवा भएको हुँदा मिति २०८१/०२/०१ गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।     उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षकद्वयलाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।