दर्ज्यानी चिन्ह सुशोभन तथा स्वागत् कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८
- A
- A-
- A+
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दारमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दारमा र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई हाजिर हुनु भएका प्रहरी निरीक्षक प्रकाश भुषाललाई शिक्षालयमा स्वागत् गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।