प्रहरी कार्यालय
आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक …
आज मिति २०८३/०१/३१ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अनिवार्य सेवा निवृत भई जान लाग्नुभएका प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू लगायत उहाँको स-परिवार समेतलाई शिक्षालयमा आमन्त्रण गरी निमित्त समादेशकज्यूले प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुहुँदै सेवा निवृत पश्चातको व्यक्तिगत, पारिवारिक तथा …
नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरूङज्यूद्वारा मिति २०८२/१२/२९ गते आईतबार नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ,उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीज्यू, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलज्यू, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सन्जय कुमार यादवज्यू, जिल्ला प्रशासन …
आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी …
“प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूह” को आज मिति २०८२ फागुन ०५ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा विधिवत रुपमा तालिम समुद्घाटन गरीएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८२।१०।११ गते देखि यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा सञ्चालन भएको "व्यक्तिगत सुरक्षा (प्र.ज.देखि प्र.व.ह.) तालिम पाचौं" समूहको आज मिति २०८२/११/०४ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूबाट अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न गरीएको छ ।
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंको ७० औँ बार्षिक उत्सवको अवसरमा नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरु मध्ये यस नेपाल प्रहरी शिक्षालय, भरतपूर उत्कृष्ट घोषित भई संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू बाट यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूले प्रथम रनिङ शिल्ड एवं प्रशंसा-पत्र ग्रहण गर्नुभएको थियो ।
यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा सञ्चालित प्र.स.नि. आधारभूत तालिम २–१८० औं समुहका प्रशिक्षार्थीहरूलाई पूर्व समादेशक तथा अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक रमेश प्रसाद खरेल ज्यूले प्रशिक्षार्थीहरूको जिज्ञासाहरुको जवाफ दिनुको साथै आफ्ना प्रेरणादायी अनुभव तथा विचारहरू राखी कार्यक्रम समापन गरीएको थियो ।