प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्तिक महिनाको उत्कृष्ट प्रशिक्षक "INSTRUCTOR OF THE MONTH"

२०८३-०७-२०

  • A
  • A-
  • A+
Share

यस शिक्षालयमा कार्यरत प्रहरी सहायक निरीक्षक शिव पौडेलले सांगठनिक नीति निर्देशन बमोजिम आफूलाई प्राप्त जिम्मेवारी तथा पदीय दायित्वलाई अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भई उच्च व्यवसायिकताकासाथ निर्वाह गरि शिक्षालयको आन्तरिक तथा बाह्य प्रशिक्षण गतिविधिलाई समयानुकुल गुणस्तरीय बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निजको लगनशीलता, कार्यकुशलता र अनुशासनको उच्च मूल्याङ्कन गर्दै मिति २०८३ साल कार्तिक महिनाको उत्कृष्ट प्रशिक्षक "INSTRUCTOR OF THE MONTH" घोषणा गरी प्रशंसा-पत्र प्रदान गरिएको थियो ।


सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएको प्रहरी कर्मचारीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुरबाट बागमती प्रदेश प्रहरी गण हेटौडा, मकवानपुरमा जान लाग्नु भएका प्रहरी निरीक्षक रेशमलाल पौडेललाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सुशोभन तथा स्वागत् कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दारमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दारमा र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई हाजिर हुनु भएका प्रहरी निरीक्षक प्रकाश भुषाललाई शिक्षालयमा स्वागत् गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।