प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्देशकज्यूबाट पदभार ग्रहण

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, काठमाण्डौ दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज खटिनु भएका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यू मिति २०८०/१०/०३ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा हाजिर हुनु भई निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात निर्देशकज्यूले विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट गुणस्तरीय सामान उत्पादन गर्न सर्वप्रथम उत्पादन केन्द्र नै गुणस्तरयुक्त हुनुपर्ने विषयलाई मध्यनजर गर्दै दक्ष एवं व्यवसायिक जनशक्ति उत्पादन गर्न गुणस्तरीय प्रशिक्षण केन्द्र तथा दक्ष र व्यवसायिक प्रशिक्षक हुनुपर्ने, जसबाट गौरवमय ईतिहास बोकेको नेपाल प्रहरी संगठनको उद्देश्य एवं लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुँदै कार्यरत प्रहरी कर्मचारीहरूलाई समय सापेक्ष परिवर्तन भई आफुलाई रोल मोडलका रूपमा विकास गरि उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो । Chain of Command नेपाल प्रहरीको गहना रहेको र कार्यरत कर्मचारीहरूलाई सोही अनुसार कार्य गर्न र सबैको आ-आफ्नो अस्तित्व हुने कारण बानी व्यवहारमा सुधार गरि संगठनमा हुने दर्जागत दुर्व्यवहारको अन्त्य गर्न निर्देशन दिनुका साथै Positive Vibes को विकास गरि सकारात्मक सोचका साथ अघि बढ्दा सकारात्मक उर्जा प्राप्त हुने हुँदा नकारात्मक सोच एवं बानी व्यहोरालाई त्यागी व्यक्तिगत तथा व्यवसायिक जीवनमा लागू गर्न प्रेरित गर्दै अमर प्रहरीहरूको योगदानको  समेत स्मरण गर्नु भएको थियो । साथै प्रहरी नायव उपरिक्षक निशान थापाबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण भएको थियो । 

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएको प्रहरी कर्मचारीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुरबाट बागमती प्रदेश प्रहरी गण हेटौडा, मकवानपुरमा जान लाग्नु भएका प्रहरी निरीक्षक रेशमलाल पौडेललाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सुशोभन तथा स्वागत् कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दारमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दारमा र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई हाजिर हुनु भएका प्रहरी निरीक्षक प्रकाश भुषाललाई शिक्षालयमा स्वागत् गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रम
२०८३-०२-११

आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी  ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।