प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीज्यूबाट निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा सञ्चालन भईरहेको विभिन्न तालिम गतिविधिको निरीक्षण तथा अनुगमन गर्नका लागि पाल्नुभएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू मिति २०८०/११/२३ गते यस शिक्षालयमा रात्री मुकाम भई मिति २०८०/११/२४ गते सलामी ग्रहण पश्चात् शिक्षालयका प्रहरी कर्मचारीका साथै आधारभूत तथा सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूलाई  निर्देशन सम्बोधन गर्नुभयो । निर्देशन सम्बोधनका क्रममा एउटा कोरा मान्छेलाई दक्ष प्रहरी बनाउन शिक्षालयमा कार्यरत गुरुबा, प्रशिक्षकहरूले दिएको प्रशिक्षणको सरहना गर्दै सिमित श्रोत साधन र बिनियोजित सिमित बजेटका वावजुद पनि अधिकतम व्यवस्थापन र प्रभावकारी परिचालन गरि शिक्षालयको साख कायम राखेकोमा शिक्षालयका निर्देशक सहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । प्रशिक्षकको प्रभावकारी व्यवस्थापन गर्दै संगठनले सोचे अनुरुपको दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न विशिष्टीकृत कार्यमा शिक्षालय पूर्ण रूपमा सफल हुनुपर्ने र यस शिक्षालयले संगठनको जनशक्ति व्यवस्थापनमा उच्च योगदान रहेको  बताउनुभयो ।  तालिम प्रदायक संस्थाको सेवाग्राही भनेकै प्रशिक्षार्थी भएकोले कर्मकाण्डी प्रशिक्षण मात्र नभई व्यवसायिक, आधुनिक, वैज्ञानिक र अनुशासित तवरको जनताले चाहने प्रहरी उत्पादन तथा Proactive Reactive Policing मात्र नभई Environmental Policing को विकास भैसकेको परिपेक्ष्यमा यसको योजना समेत सुरू गर्नुपर्ने समय आएको बताउनु भयो । सानातिना कमिकमजोरी समेत हुन नदिई प्रशिक्षार्थीहरूलाई अधिकतम सुविधा प्रदान गरी सकारात्मक धारणा राख्ने जनशक्ति उत्पादन गर्ने तर्फ लाग्न निर्देशन दिदै प्रहरी कर्मचारीले आफुले कुन तालिम कहिले गर्ने योजना गरी व्यवस्थापन समेत गरोस भन्ने हेतुले Trainees Calendar निर्माण गरिएको, सरुवा/बढुवा अनुमान योग्य बनाई सबैलाई समान अवसर वितरण गर्नका लागि सरुवा मापदण्ड समेत निर्माण भएको बताउनु भयो । प्रशिक्षार्थीहरूलाई  तालिमका लागि सम्पूर्ण सामाग्री राज्यले नै दिनुपर्ने सम्बन्धी Proposal समेत तयार गरी तालुक कार्यालयहरूमा प्रतिवेदन गरिएको जानकारी गराउनु हुँदै निरीक्षण सम्बोधनको क्रममा शिक्षालयको भौतिक तथा अन्य संरचना सुधार तथा व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता समेत जनाउनु भएको थियो । निरीक्षणको क्रममा विभिन्न शाखा, ब्यारेक, मेस, बाह्य तथा आन्तरिक प्रशिक्षण गतिविधिहरू लगायत विविध पक्षहरूको स्थलगत अवलोकन गरि शिक्षालयको हाता भित्र वृक्षारोपण समेत गर्नुभएको थियो ।         

    सोही अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमुख अतिथिज्यूमा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिज्यूबाट प्राप्‍त निर्देशन तथा सुझावहरूलाई अक्षरस पालना गरि शिक्षालयमा कार्यरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको मनोवल उच्च बनाउन दत्तचित्त भई कार्य गर्ने र वर्तमान अवस्थामा समाजले रुचाउने व्यावसायिक, दक्ष र क्षमतावान प्रहरी जनशक्ति उत्पादन तर्फ लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै शिक्षालयको वस्तुस्थिति, भौतिक पूर्वाधारमा गरिएका कार्यहरू तथा शिक्षालयका विभिन्न कार्यप्रगति विवरण लगायत विद्यमान अवस्थाको प्रशिक्षण गतिविधि सहितको प्रस्तुतीकरण समेत गरिएको थियो ।

सम्बन्धित समाचार
अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्‍न
२०८१-१२-१४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/११ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.व.ह./प्र.ज.) तालिम” नवौं समूहको मिति २०८१/१२/१४ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

प्रहरी आधारभूत तथा कारवाही विधि प्रशिक्षक तालिम सम्पन्न
२०८१-११-११

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/०४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित "प्रहरी आधारभूत तथा कारवाही विधि प्रशिक्षक (प्र.ज.देखि जु.प्र.अ) तालिम" ८औं समूहको मिति २०८१/११/११ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मनिषा लौडारीज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-११-०९

आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०९/०७ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७६ औं समूह” को मिति २०८१/११/०९ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बाल किशोर राय यादव, कवाज प्रथम प्रहरी सहायक निरीक्षक दुर्गा बहादुर झेडी मगर, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक दिनेस खड्का, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक लोक बहादुर खत्री तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक राजगीर राम हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त जिम्मेवारी बहन गर्न सक्ने बनाउन सञ्चालन गरिने अल्पकालीन आधारभूत तालिमले प्रशिक्षणका क्रममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सी.ज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।