प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीज्यूबाट निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा सञ्चालन भईरहेको विभिन्न तालिम गतिविधिको निरीक्षण तथा अनुगमन गर्नका लागि पाल्नुभएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू मिति २०८०/११/२३ गते यस शिक्षालयमा रात्री मुकाम भई मिति २०८०/११/२४ गते सलामी ग्रहण पश्चात् शिक्षालयका प्रहरी कर्मचारीका साथै आधारभूत तथा सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूलाई  निर्देशन सम्बोधन गर्नुभयो । निर्देशन सम्बोधनका क्रममा एउटा कोरा मान्छेलाई दक्ष प्रहरी बनाउन शिक्षालयमा कार्यरत गुरुबा, प्रशिक्षकहरूले दिएको प्रशिक्षणको सरहना गर्दै सिमित श्रोत साधन र बिनियोजित सिमित बजेटका वावजुद पनि अधिकतम व्यवस्थापन र प्रभावकारी परिचालन गरि शिक्षालयको साख कायम राखेकोमा शिक्षालयका निर्देशक सहित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । प्रशिक्षकको प्रभावकारी व्यवस्थापन गर्दै संगठनले सोचे अनुरुपको दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न विशिष्टीकृत कार्यमा शिक्षालय पूर्ण रूपमा सफल हुनुपर्ने र यस शिक्षालयले संगठनको जनशक्ति व्यवस्थापनमा उच्च योगदान रहेको  बताउनुभयो ।  तालिम प्रदायक संस्थाको सेवाग्राही भनेकै प्रशिक्षार्थी भएकोले कर्मकाण्डी प्रशिक्षण मात्र नभई व्यवसायिक, आधुनिक, वैज्ञानिक र अनुशासित तवरको जनताले चाहने प्रहरी उत्पादन तथा Proactive Reactive Policing मात्र नभई Environmental Policing को विकास भैसकेको परिपेक्ष्यमा यसको योजना समेत सुरू गर्नुपर्ने समय आएको बताउनु भयो । सानातिना कमिकमजोरी समेत हुन नदिई प्रशिक्षार्थीहरूलाई अधिकतम सुविधा प्रदान गरी सकारात्मक धारणा राख्ने जनशक्ति उत्पादन गर्ने तर्फ लाग्न निर्देशन दिदै प्रहरी कर्मचारीले आफुले कुन तालिम कहिले गर्ने योजना गरी व्यवस्थापन समेत गरोस भन्ने हेतुले Trainees Calendar निर्माण गरिएको, सरुवा/बढुवा अनुमान योग्य बनाई सबैलाई समान अवसर वितरण गर्नका लागि सरुवा मापदण्ड समेत निर्माण भएको बताउनु भयो । प्रशिक्षार्थीहरूलाई  तालिमका लागि सम्पूर्ण सामाग्री राज्यले नै दिनुपर्ने सम्बन्धी Proposal समेत तयार गरी तालुक कार्यालयहरूमा प्रतिवेदन गरिएको जानकारी गराउनु हुँदै निरीक्षण सम्बोधनको क्रममा शिक्षालयको भौतिक तथा अन्य संरचना सुधार तथा व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता समेत जनाउनु भएको थियो । निरीक्षणको क्रममा विभिन्न शाखा, ब्यारेक, मेस, बाह्य तथा आन्तरिक प्रशिक्षण गतिविधिहरू लगायत विविध पक्षहरूको स्थलगत अवलोकन गरि शिक्षालयको हाता भित्र वृक्षारोपण समेत गर्नुभएको थियो ।         

    सोही अवसरमा यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूबाट प्रमुख अतिथिज्यूमा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रमुख अतिथिज्यूबाट प्राप्‍त निर्देशन तथा सुझावहरूलाई अक्षरस पालना गरि शिक्षालयमा कार्यरत प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको मनोवल उच्च बनाउन दत्तचित्त भई कार्य गर्ने र वर्तमान अवस्थामा समाजले रुचाउने व्यावसायिक, दक्ष र क्षमतावान प्रहरी जनशक्ति उत्पादन तर्फ लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु हुँदै शिक्षालयको वस्तुस्थिति, भौतिक पूर्वाधारमा गरिएका कार्यहरू तथा शिक्षालयका विभिन्न कार्यप्रगति विवरण लगायत विद्यमान अवस्थाको प्रशिक्षण गतिविधि सहितको प्रस्तुतीकरण समेत गरिएको थियो ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएको प्रहरी कर्मचारीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुरबाट बागमती प्रदेश प्रहरी गण हेटौडा, मकवानपुरमा जान लाग्नु भएका प्रहरी निरीक्षक रेशमलाल पौडेललाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सुशोभन तथा स्वागत् कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दारमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दारमा र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई हाजिर हुनु भएका प्रहरी निरीक्षक प्रकाश भुषाललाई शिक्षालयमा स्वागत् गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रम
२०८३-०२-११

आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी  ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।