प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिधिवत रूपमा मौलो पुजा सम्पन्न

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

२०८० सालको चैते दशैको शुभअवसरमा परम्परागत रूपमा मनाउँदै आएको मौलो पुजा मिति २०८१/०१/०४ गते बिहान ०७:२१ बजेको शुभ साईतमा नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूबाट बिधिवत रूपमा पुजा गरी सम्पन्न भएको छ । शिक्षालयको हाताभित्र रहेको दुर्गा मन्दिरमा भएको मौलो पुजामा प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृत लगायत प्रशिक्षकवर्ग, सेवाकालीन तथा प्रहरी सहायक निरीक्षक आधारभूत  (अल्पकालीन) तालिममा प्रशिक्षणरत  प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।