प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिधिवत रूपमा मौलो पुजा सम्पन्न

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

२०८० सालको चैते दशैको शुभअवसरमा परम्परागत रूपमा मनाउँदै आएको मौलो पुजा मिति २०८१/०१/०४ गते बिहान ०७:२१ बजेको शुभ साईतमा नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाज्यूबाट बिधिवत रूपमा पुजा गरी सम्पन्न भएको छ । शिक्षालयको हाताभित्र रहेको दुर्गा मन्दिरमा भएको मौलो पुजामा प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृत लगायत प्रशिक्षकवर्ग, सेवाकालीन तथा प्रहरी सहायक निरीक्षक आधारभूत  (अल्पकालीन) तालिममा प्रशिक्षणरत  प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-०३-२०

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/२५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७५ औं समूह” को मिति २०८१/०३/२० गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक अन्जना श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्न
२०८१-०३-१७

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०२/०६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम छैठौं समूह”को मिति २०८१/०३/१७ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक बिराट शर्मा पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।