प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

व्यक्तिगत सुरक्षा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री रामकृष्ण सापकोटाज्यूबाट "व्यक्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ.) तालिम तेस्रो समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । तालिममा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्मका ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार
अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-१२-२९

नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरूङज्यूद्वारा मिति २०८२/१२/२९ गते आईतबार नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ,उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीज्यू, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलज्यू, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सन्जय कुमार यादवज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख  जिल्ला अधिकारी गणेश अर्यालज्यू, यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू , प्रहरी उपरीक्षकज्यूहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थिति रहेको थियो ।

नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।