प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम सम्पन्न

२०८१-०१-२३

  • A
  • A-
  • A+
Share

 आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/११/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७४ औं समूह” मिति २०८१/०१/२३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । ५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बिष्णु मल्ल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक प्रविन घलान, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक  काशी नाथ चौधरी, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक तेज बहादुर कठायत तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक शिवजी दास हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएको थियो । उक्त समापनको अवसरमा प्रमुख अतिथीज्यूले पदोन्नतीसगै प्राप्त आधारभूत तालिममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-१२-२९

नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरूङज्यूद्वारा मिति २०८२/१२/२९ गते आईतबार नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ,उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीज्यू, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलज्यू, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सन्जय कुमार यादवज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख  जिल्ला अधिकारी गणेश अर्यालज्यू, यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू , प्रहरी उपरीक्षकज्यूहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थिति रहेको थियो ।