प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्‍न

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८०/१२/१४ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम पाचौँ समूह" को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी निरीक्षक एल्जीना राईज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न
२०८१-१०-०८

नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरूबाट सञ्चालन हुने तालिममा एकरूपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यदेश-२०७९” को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष, वैज्ञानिक एवम् स्तरयुक्त बनाउन बाह्य प्रशिक्षकहरूको क्षमता मापन गर्न मिति २०८१/१०/०७ र ०८ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तीर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा सञ्चालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ज. देखि प्र.व.ह.) तालिम” सातौं समूहमा तालिम प्राप्त २५ जना र नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपराशीबाट २ जना गरी जम्मा २७ बाह्य प्रशिक्षकहरूलाई मिति २०८१/१०/०८ गते यस शिक्षालयका समादेशक भूपेन्द्र बहादुर खत्रीज्यूबाट प्रमाणपत्र वितरण तथा आर्म व्याचले सुशोभित गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि समादेशकज्यूले निर्देशन सम्बोधन गर्नुहुदै प्रशिक्षकहरू Role Model बन्नुपर्ने हुनाले आफुलाई अध्ययनशिल बनाउनु पर्ने कुरालाई जोड दिनु भएको थियो ।

अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्न
२०८१-१०-०४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०९/०१ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम” आठौँ समूहको मिति २०८१/१०/०४ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मनिषा लौडारीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

कवाज प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
२०८१-१०-०३

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०७/२५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ज. देखि प्र.ह.) तालिम” सातौँ समूहको मिति २०८१/१०/०३ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

व्यक्तिगत सुरक्षा तालिम सम्पन्न
२०८१-०९-२४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०९/०२ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “व्यक्तिगत सुरक्षा (प्र.ज. देखि प्र.व.ह.) तालिम” चौथो समूहको मिति २०८१/०९/२४ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रेशमलाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

समादेशकज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन
२०८१-०९-२४

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०९।१७ गतेको निर्णयानुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौंको च.नं. ३५८३ मिति २०८१।०९।१७ गतेको पत्रादेशानुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौं दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१।०९।२४ गते हाजिर हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू नेपाल प्रहरी शिक्षालयको समादेशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापण गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सह-समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्न
२०८१-०९-२३

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०८/२३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम” चौथो समूहको मिति २०८१/०९/२३ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।