प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्‍न

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम दशौँ समूह"को मिति २०८१/०१/२८ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो, साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
स्थलगत अवलोकन तथा अन्तरक्रिया र साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न
२०८२-०३-०१

मिति २०८२/०३/०१ गते तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज,काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू लगायत “Strategic Command & Management (SCM) Training 5th Batch” मा सहभागी सम्पूर्ण प्रहरी वरिष्ठ अधिकृतज्यूहरुलाई यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा स्वागत गरी स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरिएको साथै शिक्षालयको प्याराफिटमा नवनिर्मित Flood Light को उद्घाटन गरीएको र स्वागत साँस्कृतिक साँझ कार्यक्रम समेत प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको  प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।