प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फेरी भेटौँला कार्यक्रम सम्पन्न

२०८१-०२-०१

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०१/२६ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई यसै कार्यालयमा कार्यरत रहनु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूको क्रमशः इलाका प्रहरी कार्यालय, चक्रघट्टी महेन्द्रनगर, सुनसरी र इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीमा सरुवा भएको हुँदा मिति २०८१/०२/०१ गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ ।
    उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षकद्वय विकास राई र एल्जीना राईज्यूले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षकद्वयलाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम सम्पन्न
२०८१-०३-२०

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०१/२५ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभुत (अल्पकालिन) तालिम २-१७५ औं समूह” को मिति २०८१/०३/२० गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक अन्जना श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्न
२०८१-०३-१७

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०२/०६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम छैठौं समूह”को मिति २०८१/०३/१७ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक बिराट शर्मा पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।