प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्देशक प्रहरी नायव महानिरीक्षकज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन

२०८१-०२-२३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्र आदेश अनुसार साईबर ब्यूरो भोटाहिटी, काठमाण्डौ  दरबन्दी भई नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१।०२।२३ गते हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यू नेपाल प्रहरी शिक्षालयको निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापन गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो । शिक्षालय सिक्ने र सिकाउने पवित्र थलो भएको हुदाँ हामी सम्पुर्ण प्रहरी कर्मचारीहरू समय सापेक्ष आफुलाई अपडेट गर्दै लैजानु पर्नेमा समेत जोड दिनुभयो ।  साथै सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार
छात्रवृत्ति वितरण कार्यक्रम
२०८३-०२-११

आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी  ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।

बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०१-३१

आज मिति २०८३/०१/३१ गते  यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अनिवार्य सेवा निवृत भई जान लाग्नुभएका प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू लगायत उहाँको स-परिवार समेतलाई शिक्षालयमा आमन्त्रण गरी निमित्त समादेशकज्यूले प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुहुँदै सेवा निवृत पश्चातको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो, फुलमाला प्रदान गर्नुका साथै नेपाल प्रहरी संगीत समूहद्वारा बाजागाजा सहित शिक्षालयदेखी घरसम्मै पुर्याई स-सम्मान  सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको थियोे ।