प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्देशक प्रहरी नायव महानिरीक्षकज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन

२०८१-०२-२३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्र आदेश अनुसार साईबर ब्यूरो भोटाहिटी, काठमाण्डौ  दरबन्दी भई नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१।०२।२३ गते हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यू नेपाल प्रहरी शिक्षालयको निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापन गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो । शिक्षालय सिक्ने र सिकाउने पवित्र थलो भएको हुदाँ हामी सम्पुर्ण प्रहरी कर्मचारीहरू समय सापेक्ष आफुलाई अपडेट गर्दै लैजानु पर्नेमा समेत जोड दिनुभयो ।  साथै सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठबाट शिक्षालयको  प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार
चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा
२०८२-०१-०७

मिति २०८२/०१/०७ गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रमुख अतिथि समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबलका साथ प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक प्रहरी जवान निर्मला थिङलाई चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा गर्नुको साथै प्रशंसा-पत्र प्रदान गर्नुभएको छ । उक्त आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नुहुने अन्य प्रशिक्षकहरूलाई आ-आफ्नो क्षेत्रमा दत्त चित्त भई लाग्नुहुन समेत निर्देशन दिनु भएको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्न
२०८२-०१-०२

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम” पाँचौ समूहको मिति २०८२/०१/०२ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्‍न
२०८१-१२-२६

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ११ औं समूहको मिति २०८१/१२/२६ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-१२-२१

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह) तालिम” तेस्रो समूहको मिति २०८१/१२/२१ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

सुरक्षा तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२०

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “सुरक्षा (प्र.ज. देखि प्र.व.ह) तालिम” नवौं समूहको मिति २०८१/१२/२० गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्‍न
२०८१-१२-१४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/११ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.व.ह./प्र.ज.) तालिम” नवौं समूहको मिति २०८१/१२/१४ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।