प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घटनास्थल अनुसन्धान सहायक तालिम सम्पन्न

२०८१-०३-१७

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०२/०६ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “घटनास्थल अनुसन्धान सहायक (प्र.व.ह.-प्र.ज.) तालिम छैठौं समूह”को मिति २०८१/०३/१७ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक भरत बहादुर बि.क.ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक बिराट शर्मा पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
छात्रवृत्ति वितरण कार्यक्रम
२०८३-०२-११

आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी  ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।

बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०१-३१

आज मिति २०८३/०१/३१ गते  यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अनिवार्य सेवा निवृत भई जान लाग्नुभएका प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू लगायत उहाँको स-परिवार समेतलाई शिक्षालयमा आमन्त्रण गरी निमित्त समादेशकज्यूले प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुहुँदै सेवा निवृत पश्चातको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो, फुलमाला प्रदान गर्नुका साथै नेपाल प्रहरी संगीत समूहद्वारा बाजागाजा सहित शिक्षालयदेखी घरसम्मै पुर्याई स-सम्मान  सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको थियोे ।