प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/०४/२७ गते नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री आयुश प्रसाद जोशीज्यूबाट “अपराध अनुसन्धान  (जु.प्र.अ.) तालिम ५२ औँ समूह” को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 

सम्बन्धित समाचार
बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०५-३०

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१/०५/२५ गतेको निर्णय बमोजिम नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशले यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा कार्यालय प्रमुखको रूपमा रहनु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर, धनुषा काज सरुवा हुनु भएकोमा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा यस शिक्षालयका उप निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूले रवाना पत्र, मायाको चिनो, खादा र पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयको निर्देशकको रूपमा रहँदा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु हुँदै नेपाल प्रहरी शिक्षालयका कर्मचारीहरूको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

ट्राफिक नियन्त्रण तालिम सम्पन्‍न
२०८१-०५-२४

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०४/०२ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित “ट्राफिक नियन्त्रण (प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज.) तालिम प्रथम समूह”को मिति २०८१/०५/२४ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक नवराज खड्काज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

बिदाइ कार्यक्रम सम्पन्न
२०८१-०५-२४

मिति २०५१/०५/१६ गते नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा नयाँ नियुक्ती भई विभिन्न समयमा पदोन्नती हुँदै प्रहरी नायव उपरीक्षक पदबाट इमान्दार र कर्तव्यपरायण राष्ट्रसेवकको रूपमा कार्यरत रही ३० वर्ष सेवा अवधि पुरा गरि अनिवार्य अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक श्री रामकृष्ण सापकोटाज्यूको मिति २०८१/०५/२४ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणि आचार्यज्यूको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनु भएका प्रहरी नायव उपरीक्षक श्री रामकृष्ण सापकोटाज्यूले सेवामा रहँदाका आफ्ना अनुभवहरू साट्नु भएको थियो भने प्रमुख अतिथी निर्देशकज्यूले सेवामा रहदा पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्नु हुँदै बाँकी व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०८१-०५-२०

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०५/१७ गतेको पत्रादेशले नेपाल प्रहरी शिक्षालय, भरतपुर दरबन्दी भई कार्यरत रहनु भएका प्रहरी निरीक्षक गणेश पौडेलको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड, झापा सरुवा भएको हुँदा मिति २०८१/०५/२० गते यस नेपाल प्रहरी शिक्षालय, भरतपुरका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेलले यस नेपाल प्रहरी शिक्षालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि तथा निमित्त निर्देशकज्यूले रवाना लिई जान लाग्नु भएका प्रहरी निरीक्षक गणेश पौडेललाई शिक्षालयको तर्फबाट मायाको चिनो तथा पुष्पगुच्छा प्रदान गर्नु भई शिक्षालयमा रहँदाबस्दा पुर्याउनु भएको योगदानको स्मरण गर्दै नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

आधारभुत प्रहरी कारवाही विधि प्रशिक्षक प्रशिक्षण तालिम समापन
२०८१-०५-१७

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०५/११ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “आधारभुत प्रहरी कारवाही विधि प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ. देखि प्र.ज.) तालिम सातौं समूह”को मिति २०८१/०५/१७ गते यस शिक्षालयका निमित्त निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सम्पूर्ण सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।