प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्देशक प्र.ना.म.नि.ज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन

२०८१-०६-११

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको पत्र आदेश अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्साल, काठमाण्डौ दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१/०६/११ गते हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यू नेपाल प्रहरी शिक्षालयको निर्देशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापण गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।
निर्देशन सम्बोधनको क्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूबाट प्रहरी कर्मचारीहरूमा उच्च अनुशासन कायम गर्दै दिएको जिम्मेवारी निष्ठा, जवाफदेहि तथा उत्तरदायी भई वहन गर्नुपर्ने कुराहरू बताउनु भएको थियो । साथै सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरिक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
२०८२-११-०७

आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो ।