प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा आयोजित फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न

२०८१-०६-२१

  • A
  • A-
  • A+
Share

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनद्वारा आयोजित विविध खेलकुद तथा अतिरिक्त गतिविधि अन्तर्गत फुटबल खेलको फाईनल मिति २०८१ असोज २१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार
६९ औं प्रहरी दिवस, २०८१ सम्पन्न
२०८१-०६-३०

मिति २०८१ असोज ३० गतेका दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा आयोजना गरिएको ६९ औं प्रहरी दिवस, २०८१ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा यस शिक्षालयका उप- निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यूले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको सन्देश वाचन गर्नु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुभएको  थियो भने पूर्व प्रहरी संगठन, चितवनका अध्यक्ष बल बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूले ६९ औं प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद (भलिबल, फुटबल, ब्याडमिन्टन) प्रतियोगितामा विजेता हुन सफल खेलाडीहरू तथा यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै निर्देशन सम्बोधन गर्नु भएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीका सकल दर्जाका उर्जाशील प्रहरी अधिकृत तथा जवानहरू, सेवानिवृत्त प्रहरी कर्मचारीहरू, प्रहरी परिवार तथा अमर प्रहरीका समादरणीय परिवारजनमा "६९ औँ प्रहरी दिवस-२०८१" को अवसरमा व्यावसायिक सफलता, व्यक्तिगत तथा पारिवारिक सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै राष्ट्र र नागरिकको सुरक्षाको खातिर आफ्नो प्राणको उत्सर्ग गर्ने नेपाल आमाका वीर सपूतहरूको कर्तव्य परायणता, त्याग र बलिदानले हामीलाई निर्भिक एवम् अविचलित भई निरन्तर जनताको सेवामा तल्लिन रहन अभिप्रेरित गरिरहेको हुनाले हामीले सोही अनुसार कार्य गरी अमर प्रहरीहरूले देखाउनु भएको बाटोमा अडिग भएर लाग्न निर्देशन गर्नुभएको थियो । कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवम् मानसिक क्षती व्यहोर्न पुग्नुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भई वीर अमर प्रहरीहरू प्रति भावपुर्ण श्रद्धान्जली अर्पण र आफ्ना प्रियजन गुमाएर क्षती व्यहोर्नु हुने परिवारका सदस्यहरूमा हार्दिक समवेदना प्रकट गर्नु भएको थियो ।उक्त कार्यक्रममा चितवन भू.पू. सैनिक कल्याणकारी क्लब, चितवनका अध्यक्ष प्रेम बहादुर खड्काज्यू, पूर्व प्रहरी संगठन कार्य समिति, चितवनका अध्यक्ष अवकाश प्राप्त प्रहरी नायव निरीक्षक बल बहादुर थापा तथा यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू र प्रहरी कार्यालय सहयोगीहरूको समेत उपस्थिति रहेको थियो ।

साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न
२०८१-०६-२३

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान तथा उमंग साँस्कृतिक कार्यक्रम २०८१ मिति २०८१ आश्विन २३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निर्देशकज्यूको पूजनीय मातापिता, नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय प्रशासन सचिवज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुखज्यू, यस  शिक्षालयका उप-निर्देशकज्यू लगायत सम्पुर्ण सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, सम्पुर्ण प्रहरी कर्मचारीहरू तथा प्रहरीका परिवारहरूको समेत सहभागिता रहेको थियो ।

पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८१-०६-२२

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८१ असोज २२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साथै, उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूले यस शिक्षालयले पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरी बहालबाला कर्मचारीहरू र पूर्व प्रहरी कर्मचारीहरू बीचमा पुनर्मिलन हुने अपेक्षा समेत राख्नु भएको थियो । कार्यक्रमको अन्तमा यस शिक्षालयका निर्देशकज्यूबाट कार्यक्रममा उपस्थित भएको प्रति सम्पूर्ण उपस्थित पूर्व प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापनको साथै बडा दशैँ, २०८१ को पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अपराध अनुसन्धान तथा नियन्त्रण तालिम सम्पन्‍न
२०८१-०६-२१

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर मिति २०८१/०५/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा संचालित “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज.देखि प्र.व.ह.) तालिम सातौँ समूहको मिति २०८१/०६/२१ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निर्देशक प्र.ना.म.नि. राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा घटस्थापना पुजा सम्पन्न
२०८१-०६-१७

बडा दशैँको पावन अवसरमा बडा दशैँको आज पहिलो दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा विधिवत रूपमा घटस्थापना पुजा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृतहरू र जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । साथै, उक्त कार्यक्रममा निर्देशकज्यूले यस शिक्षालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई बडा दशैँको पावन अवसरमा शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।