प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१-०६-२२

  • A
  • A-
  • A+
Share

६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८१ असोज २२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


साथै, उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूले यस शिक्षालयले पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरी बहालबाला कर्मचारीहरू र पूर्व प्रहरी कर्मचारीहरू बीचमा पुनर्मिलन हुने अपेक्षा समेत राख्नु भएको थियो ।


कार्यक्रमको अन्तमा यस शिक्षालयका निर्देशकज्यूबाट कार्यक्रममा उपस्थित भएको प्रति सम्पूर्ण उपस्थित पूर्व प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापनको साथै बडा दशैँ, २०८१ को पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ समूहको तालिम सम्पन्न
२०८२-०१-१७

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुर चितवनमा संचालित प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम २-१७७ औँ  समूहको आज मिति २०८२/०१/१७ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर वि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा
२०८२-०१-०७

मिति २०८२/०१/०७ गते नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका प्रमुख अतिथि समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबलका साथ प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक प्रहरी जवान निर्मला थिङलाई चैत महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा गर्नुको साथै प्रशंसा-पत्र प्रदान गर्नुभएको छ । उक्त आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा प्रशिक्षण प्रदान गर्नुहुने अन्य प्रशिक्षकहरूलाई आ-आफ्नो क्षेत्रमा दत्त चित्त भई लाग्नुहुन समेत निर्देशन दिनु भएको थियो ।

कार्यालय सञ्चालन तालिम सम्पन्न
२०८२-०१-०२

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “कार्यालय सञ्चालन (जु.प्र.अ.) तालिम” पाँचौ समूहको मिति २०८२/०१/०२ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.कज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन के.सीज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

विशिष्ट व्यक्तिको सुरक्षा तालिम सम्पन्‍न
२०८१-१२-२६

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ११ औं समूहको मिति २०८१/१२/२६ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान तालिम सम्पन्न
२०८१-१२-२१

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/१२/०३ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “महिला तथा बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान (प्र.ज. देखि प्र.व.ह) तालिम” तेस्रो समूहको मिति २०८१/१२/२१ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।

सुरक्षा तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२०

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८१/११/१८ गतेदेखि नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा संचालित “सुरक्षा (प्र.ज. देखि प्र.व.ह) तालिम” नवौं समूहको मिति २०८१/१२/२० गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री.ज्यूको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सागर पन्तज्यूले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका सिनियर प्रहरी अधिकृतज्यूहरू तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रशिक्षकवर्गहरूको उपस्थिति रहेको थियो ।