प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४५ तथा छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान तथा उमंग साँस्कृतिक कार्यक्रम २०८१ मिति २०८१ आश्विन २३ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको समुपस्थितिमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा निर्देशकज्यूको पूजनीय मातापिता, नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय प्रशासन सचिवज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुखज्यू, यस  शिक्षालयका उप-निर्देशकज्यू लगायत सम्पुर्ण सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, सम्पुर्ण प्रहरी कर्मचारीहरू तथा प्रहरीका परिवारहरूको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएको प्रहरी कर्मचारीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुरबाट बागमती प्रदेश प्रहरी गण हेटौडा, मकवानपुरमा जान लाग्नु भएका प्रहरी निरीक्षक रेशमलाल पौडेललाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सुशोभन तथा स्वागत् कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दारमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दारमा र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई हाजिर हुनु भएका प्रहरी निरीक्षक प्रकाश भुषाललाई शिक्षालयमा स्वागत् गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।