प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रम सम्पन्‍न

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

मिति २०८१ कार्तिक ८ गतेका दिन संगठन प्रमुख श्रद्देय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रहरी शिक्षालय, भरतपुर र The Cosmic Nirwan Sewa Pvt.Ltd., भरतपुर बिच मिति २०७९/११/०३ गते भएको सम्झौता अनुसार नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण सम्पन्न भएको भवनको प्रमुख अतिथिबाट पानसमा दिप प्रज्वलन एवं शिलालेख अनावरण गरि समुद्घाटन भएको हो ।
उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धि  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्नुहुँदै यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नव-निर्मित प्रशासनिक भवनले भविष्यमा नेपाल प्रहरीबाट प्रवाह हुने सेवा सुविधालाई अझ बढी प्रभावकारी रूपमा प्रदान गरि नेपाल प्रहरीमा हुने भर्ना, छनौट, वृत्तीविकास, उपदान, निवृतीभरण, तालिम संचालन तथा कार्यालय संचालनसँग सम्बन्धित विविध कृयाकलापहरूको अभिलेख प्रणालीलाई थप व्यवस्थित तथा समयानुकुल बनाउनमा टेवा पुर्‍याउने बताउनु भयो ।

कार्यक्रममा नव-निर्मित प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने द कस्मिक निर्माण सेवा प्रा.लि.का संचालक होमनाथ दवाडी लगायतलाई प्रशंसापत्र प्रदान गर्दै संगठन प्रमुखज्यूले आफ्नो प्रशिक्षण पद्धतिलाई समायनुकुल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतीलाई दृष्टिगत गरी चुनौतीको सामना गर्न सक्ने प्रहरी जनशक्ति निर्माण गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले समाजमा शान्ति सु-व्यवस्था कायम गरी आम नागरिकलाई ढुक्कसँग बस्‍ने वातावरण तयार गर्ने प्रहरी आफै दयनीय अवस्थामा रहँदा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा समग्र सेवा प्रवाहमा प्रभावकारीता नआउने हुँदा भौतिक संरचनामा समेत सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकाल, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयका प्रमुख सशस्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालयका प्रमुख, अवकाश प्राप्त पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, जिल्ला स्थित सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, यस शिक्षालयका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, प्रहरी कार्यालय सहयोगीहरू र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ।
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएको प्रहरी कर्मचारीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुरबाट बागमती प्रदेश प्रहरी गण हेटौडा, मकवानपुरमा जान लाग्नु भएका प्रहरी निरीक्षक रेशमलाल पौडेललाई नेपाल प्रहरी शिक्षालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न ।

दर्ज्यानी चिन्ह सुशोभन तथा स्वागत् कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशानुसार प्राविधिक प्रहरी समूह तर्फका प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दारमा, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दारमा र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले बढुवा हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सरुवा भई हाजिर हुनु भएका प्रहरी निरीक्षक प्रकाश भुषाललाई शिक्षालयमा स्वागत् गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रम
२०८३-०२-११

आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी  ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।