प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्देशकज्यूको बिदाई कार्यक्रम सम्पन्न

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक श्रीमान् राजेशनाथ बास्तोलाज्यू उमेर हदका कारण सेवाबाट अनिवार्य अवकास हुनु भएकोले यस शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाई सम्पन्न गरिएको थियो । बिदाई कार्यक्रममा शिक्षालयको उप-निर्देशक प्रहरी उपरीक्षक श्री भरत बहादुर बि.क.ज्यूले बिदाई भई जानुहुने प्रहरी नायव महानिरीक्षकज्यूलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा निर्देशकज्यूको पूजनीय पिता पूर्व सांसद हरिनाथ बास्तोलाज्यू, नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय प्रशासन सचिव अजिता देवकोटा बास्तोलाज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय संचार रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालज्यू, यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाज्यू, प्रहरी निरीक्षकज्यूहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माज्यू, यस शिक्षालयका जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरू लगायत प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९ औं समूहका सम्पूर्ण प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
छात्रवृत्ति वितरण कार्यक्रम
२०८३-०२-११

आज मिति २०८३ चैत्र ११ गतेको दिन नेपाल प्रहरी शिक्षालय, भरतपुर अक्षयकोष २०७८ (संशोधन सहित) को बुँदा नं ८ को अधिनमा रहि यस शिक्षालयको वार्षिक कार्यसम्पादन सम्झौताको बुँदा नं २४ अनुरुप सम्पादन गर्नुपर्ने कार्यहरु अन्तर्गत यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरुका उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना जेहेन्दार सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा ४.०० जिपिए ल्याउन सफल प्रहरी हवल्दार वद्री प्रसाद भण्डारीको सुपुत्र बिनिस भण्डारी त्यसैगरी  ४.०० जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार अनिल थापाको सुपुत्री अनिष्मा थापा र ३.२४ जिपिए ल्याउन सफल प्रहरी सहायक हवल्दार भुपाल तामाङको सुपुत्री युनिका तामाङले छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।

बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न
२०८३-०१-३१

आज मिति २०८३/०१/३१ गते  यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अनिवार्य सेवा निवृत भई जान लाग्नुभएका प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू लगायत उहाँको स-परिवार समेतलाई शिक्षालयमा आमन्त्रण गरी निमित्त समादेशकज्यूले प्रहरी नायव निरीक्षक खिम बहादुर राना थापाज्यू सेवामा रहँदा पुर्याउनु भएको योगदानको उच्च कदर तथा प्रशंसा गर्नुहुँदै सेवा निवृत पश्चातको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सफलताको कामना सहित अवकाश पत्र र मायाको चिनो, फुलमाला प्रदान गर्नुका साथै नेपाल प्रहरी संगीत समूहद्वारा बाजागाजा सहित शिक्षालयदेखी घरसम्मै पुर्याई स-सम्मान  सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको थियोे ।