प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

समादेशकज्यूबाट पदभार ग्रहण तथा निर्देशन सम्बोधन

२०८१-०९-२४

  • A
  • A-
  • A+
Share

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०९।१७ गतेको निर्णयानुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौंको च.नं. ३५८३ मिति २०८१।०९।१७ गतेको पत्रादेशानुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौं दरबन्दी भई यस नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भई मिति २०८१।०९।२४ गते हाजिर हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू नेपाल प्रहरी शिक्षालयको समादेशकको पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापण गर्नुको साथै यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।
सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा यस शिक्षालयका सह-समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-१२-२९

नेपाल सरकारका माननीय गृहमन्त्री सुधन गुरूङज्यूद्वारा मिति २०८२/१२/२९ गते आईतबार नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको अवलोकन भ्रमण, अनुगमन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ,उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीज्यू, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ बाहिनी मुख्यालय मकवानपुरका प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलज्यू, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सन्जय कुमार यादवज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख  जिल्ला अधिकारी गणेश अर्यालज्यू, यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू , प्रहरी उपरीक्षकज्यूहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थिति रहेको थियो ।